back
CTIZAN AD

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

वि.सं.२०८१ माघ ११ शुक्रवार

1.2K 

shares

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले चेतावनीपूर्ण जवाफ फर्काएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पानी माख्न अख्तियारमै आउनुपर्ला नि भन्दै जवाफ फर्काएका हुन् ।

प्रमुख राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको माग दुई गते एक पत्र लेख्दै सोधपुछ गरेको थियो । उनले त्यही सोधपुछको जवाफ दिँदै लेखेका छन्, ‘धरानको खानेपानी बोर्ड स्वयत्त निकाय हो । यसले आफ्नो नगरवासीहरुलाई पानीको आपूर्ती गर्न सबै खाले विधि अपनाउन सक्छ । नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यस्को एक मात्र उद्देश्य हो ।’

राइले विज्ञप्तीमा थपेका छन्, ‘बिहान उठ्ने वित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला। केही छिन पछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख चुट्नु परो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन धुनै परो । लुगा धुन नि पनि नभैनहुने । स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने ध्ज्इ ले। नुहाउनलाई नि पानी चाहियो । यसो… करेसाबासी र बगैंचा तिर नि पानी चाहिने नै भो । फेरि सुँगुर कुखुरा चौपायालाई नि पानी नखुवाइ नहुने ।’

‘धरानबासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्ने परो मैले, हाम्ले । त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै……… घुमाउँदै घुमाउँदै लड्दै र पड्दै… तान्यो… तान्यो… एक्छिन है… विस्तारै सुल्काउँ है… भन्दै… ओहोइ भनूँ त… भन्दै घरी घरी नाच्दै र गाउँदै पनि… विजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं ।’ राइले विज्ञप्तीमा लेखेका छन् ।

उनले केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों विन्ति विसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेको विज्ञप्ती मार्फत उल्लेख गरेका छन् । ‘जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या । अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ । एक दिन आउनु है मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्त रमाइलो छैन । त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गयो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नवजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, लअभिि, धष्मभदयमथ जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला । पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि ।’ उनले विज्ञप्ती मार्फत अख्तियारलाई चेतावनी दिएका छन् ।

 

वि.सं.२०८१ माघ ११ शुक्रवार १५:०३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...