back
CTIZAN AD

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

वि.सं.२०८१ माघ १३ आइतवार

729 

shares

गोरखा । सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिईन् ।

“विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ”, उनिले बताईन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको उपाध्यक्ष तिवारीको भनाइ छ । “प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउखेतीका लागि तालिम दिएर पठाइएको छ”, उनिले भनिन्, “त्यस्तै च्याउखेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो ।”

गत वर्ष परीक्षणका रूपमा आठवटा विद्यालयमा गरिएको च्याउखेती सफल भएपछि यस वर्षदेखि अन्य विद्यालयमा पनि च्याउखेतीलाई विस्तार गर्न लागिएको हो । “विद्यालयले उत्पादन गरेको च्याउ दिवा खाजामा प्रयोग गरेर पनि बढी हुने अवस्था आए बजारमा बिक्री गर्ने योजनामा छौँ,” उपाध्यक्ष तिवारीले भनिन्, “यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छभने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन् ।”

च्याउखेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उनकोे भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आवका लागि रु एक लाख बजेट विनियोजन गरेको जनाएको छ ।

वि.सं.२०८१ माघ १३ आइतवार १०:४१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...