back
CTIZAN AD

जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी

वि.सं.२०८१ माघ १४ सोमवार

972 

shares

सियोल । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७-८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाइै सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ ।

दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

“चालकले धावनमार्ग ०१ नजिक आइपुग्दा चराहरूको एक समूह पहिचान भएको जनाएका र सुरक्षा क्यामेराले एचएल ८०८८ लाई चराहरूको समूहको नजिक आउँदै गरेको भिडियो खिचेको भेटिएको छ,” जेटको दर्ता नम्बर उल्लेख गर्दै रिपोर्टमा भनिएको छ ।

विमान दुर्घटना हुनुअघिका क्षणहरुमा इन्जिनले काम गर्न छोडेको थियो वा थिएन भन्नेबारे भने केही बताइएको छैन ।

डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी (बैकल टिल्स) नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ ।

रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुबैले विपत्तिको चार मिनेट अघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ ।

विमानमा मुख्य चालकले (क्याप्टेन) को छ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो। दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए ।

जेजु विमान अवतरणका क्रममा कङ्क्रिटको तटबन्धमा ठोक्किँदा आगोको ज्वालासहित विस्फोट भएको थियो, जसले धावनमार्गको अन्त्यमा किन यस्तो प्रकारको अवरोध राखिएको थियो भन्ने प्रश्न खडा गरेको छ ।

गत हप्ता अधिकारीहरूले राष्ट्रव्यापी विमानस्थलहरूमा यस्ता कङ्क्रिटका अवरोधहरूलाई अन्य सजिले ‘तोड्न सकिने संरचनाहरू’ द्वारा प्रतिस्थापन गर्ने बताएका थिए । एएफपी/फाइल फोटो

 

वि.सं.२०८१ माघ १४ सोमवार १३:०८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...