back
CTIZAN AD

ज्येष्ठ नागरिकको उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था

वि.सं.२०८१ माघ १४ सोमवार

936 

shares

सिमकोट, (हुम्ला) । हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको लागि उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले बताए । उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले बताए ।

जिल्ला अस्पतालमा चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागूहुँदै आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतिक्षा भारतीले बताइन् । माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

त्यसैगरी, ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि रू दश लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ । रासस

वि.सं.२०८१ माघ १४ सोमवार १४:२१ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...