back

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

वि.सं.२०८१ माघ १५ मंगलवार

537 

shares

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । गत सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् ।

सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

वि.सं.२०८१ माघ १५ मंगलवार १२:११ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...