काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार दुई सय रुपैयाँ कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार आठ ५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ माघ १५ मंगलवार १२:०८ मा प्रकाशित




























