back
CTIZAN AD

क्यानाडा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वि.सं.२०८१ माघ १६ बुधवार

495 

shares

मोरङ । क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जोगवनी ग्राम पंचायत–३ बस्ने २३ वर्षीय केशव यादव, मोरङ कटहरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, बिराटनगर महानगरपालिका–८ बस्ने २३ वर्षीय करण भन्ने अमीत राय र पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।

उनीहरूले २ जना पीडितहरूलाई क्यानाडा पठाइदिन्छु भनि विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरू समेत पठाई प्रलोभनमा पारी विभिन्न बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ माघ १६ बुधवार ११:४८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...