back

लोप हुँदै हुड्के नाच

वि.सं.२०८१ माघ १८ शुक्रवार

210 

shares
GLOBAL IME AD
NTC AD

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ ।

तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए । स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे । “हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान ग¥यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकार भएकाहरूले पनि चासो राख्नुप¥यो”, उनले भने, “स्थानीय सरकार वडापालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।”

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गरे । तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभई नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउँछन् । आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताए । रासस

वि.सं.२०८१ माघ १८ शुक्रवार १३:२४ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...