back
CTIZAN AD

सात बुँदे कार्यान्वयनमा काँग्रेस दृढ छ : शेरबहादुर देउवा

वि.सं.२०८१ माघ १८ शुक्रवार

744 

shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि संसद्ले कानुन बनाउने बताएका छन् । उनले संसद्मा रहेका सम्पूर्ण विधेयक पारित हुनुपर्ने भन्दै कांग्रेस र एमालेबिच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा कांग्रेस दृढ रहेको र त्यसमा सबै दलको सहयोग रहने विश्वास लिइएको बताए ।

संघीय संसद्को हिउँदे अधिवेशनमा आफ्नो धारणा राख्दै उनले देशको आर्थिक अवस्थालाई सुदृढ गर्ने मुख्य ध्येय यो सरकारको रहेको बताए । कुनै पनि सरकारको मूल्याङ्कन गर्ने समय ६ महिना मात्र पर्याप्त नहुने बताउँदै उनले सरकारले राम्रो काम गरेको आफूले अनुभूति गरेको बताए । यद्यपि आवश्यकता अनुसार विकासको काम अगाडि नबढेको सभापति देउवाले बताए ।

आर्थिक व्यवस्थामा सुधार ल्याउनका लागि अध्यादेशमार्फत केही कानुन ल्याएको बताउँदै उनले यो कानुनले देशमा सुशासन कायम गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा सुधार हुने विश्वास आफूले लिएको समेत उनले बताए । यी अध्यादेश यही संसद्बाट पारित हुने विश्वास लिएको बताउँदै उनले यथाशीघ्र कानुन बनाउन सरकारलाई आग्रह गरे ।

वि.सं.२०८१ माघ १८ शुक्रवार १५:१८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...