back
CTIZAN AD

अध्यादेश ल्याउने प्रक्रिया उचित छैन : हितराज पाण्डे

वि.सं.२०८१ माघ १८ शुक्रवार

681 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए ।

प्राकृतिक विपद्का कारण बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उनले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गरे । शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्न गरे ।

उनले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको यथार्थ पेस गर्दै सरकार कतै देखिन नसकेको भनाइ राखे । सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उनले कस्को कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गरे ।

वि.सं.२०८१ माघ १८ शुक्रवार १६:०३ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...