back
CTIZAN AD

‘प्रथम पुष्पराज स्मृति टेबल टेनिस प्रतियोगिता’ हुने

वि.सं.२०८१ माघ २१ सोमवार

561 

shares

काठमाडौँ । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा यही माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजन ललितपुर महानगरपालिका वडा ११ ले गर्ने भएको छ ।

आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले आज र सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता सञ्चालन गर्न करिब रु आठ लाख खर्च हुने बताइएको छ । अध्यक्ष खड्गीले प्रतियोगिताका लागि रु पाँच लाख बजेट विनियोजन गरिसकेको र अपुग रकमको हकमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा विभिन्न ६ स्पर्धामा एक सय ५० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा खेल हुनेछ ।

ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष ३२ बरियताका खेलाडीले नाम दर्ता गराइसकेको अध्यक्ष शाक्यले बताए । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार हात पार्ने छन् ।

बाँकी ४ स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार पाँच सय नगद पुरस्कार पाउने छन् । ललितपुर जिल्ला टेबल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब र इखाछें स्पोट्र्सले सहयोग गर्ने भएका छन् ।

स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुने तीन दिने प्रतियोगिताका खेलहरु शङ्खमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ । इञ्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौँ मेयर कप टेबल टेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघातका कारण शाक्यको निधन भएको थियो ।

 

वि.सं.२०८१ माघ २१ सोमवार १८:४९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...