काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार नौ सयले बढेर एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ माघ २२ मंगलवार ११:२४ मा प्रकाशित




























