back
CTIZAN AD

नेपालको लगातार चौथो हार

वि.सं.२०८१ माघ २२ मंगलवार

624 

shares

काठमाडौँ । राजधानीमा जारी महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । जितसँगै थाइल्याण्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

थाइल्याण्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय एक रन मात्र बनायो । नेपालका लागि रूविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाएकी हुन् । यसैगरी कविता जोशीले २४ रन बनाइन भने रोमा थापाले १९ जोडिन् ।

यता थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले चार विकेट लिइन भने फतिन्ना मायाले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गरेको थियो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरूआंगले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा १ चौका प्रहार गरिन् । त्यस्तै थिपाथ्चा पुथावोङले अविजित २५ तथा नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । अफिसारा सुवान्चोनरथीले १७ रन जोडिन् ।

नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान एक एक विकेट लिए । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।

 

वि.सं.२०८१ माघ २२ मंगलवार १८:५९ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...