back
CTIZAN AD

बुढानीलकण्ठ नगरपालिकाले सामूहिक ल्होछार/ल्होसार पर्व मनाउने

वि.सं.२०८१ माघ २३ बुधवार

756 

shares

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरी सामूहिक रुपमा ल्होछार÷ल्होसार पर्व मनाउने भएको छ ।

सो नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गरी तमु, सोनाम र ग्याल्पो ल्होछार÷ल्होसार सबैलाई समेटेर यही माघ २६ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सो कार्यक्रमका लागि ल्होछार÷ल्होसार मान्ने समुदायलाई समेटी सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने विविध जाति, जनजाति (विशेषगरी तामाङ, गुरुङ, शेर्पा, भोटे) तथा विभिन्न समुदायको भेषभूषा, एवं सांस्कृतिक झाँकी, नृत्य तथा साङ्गितिक प्रदर्शनी गरिने जनाइएको छ ।

ज्येष्ठ नागरिक पार्क, गोल्फुटार, बुढानीलकण्ठ–८ को कार्यालय नजिकै हुने उक्त कार्यक्रमस्थलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परम्परागत खानाका परिकार, मौलिक वस्तु, पहिरन आदिको स्टल राखिने आयोजकले जानकारी दिएको छ ।

वि.सं.२०८१ माघ २३ बुधवार १९:४७ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...