काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हीजो चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
वि.सं.२०८१ माघ २४ बिहीवार १२:४६ मा प्रकाशित




























