back

अम्रिसोबाट आम्दानी लिँदै किसान

वि.सं.२०८१ माघ २७ आइतवार

237 

shares
GLOBAL IME AD
NTC AD

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरिन् । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् ।

त्यसैगरी बेनी नगरपालिका–२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा बिक्री ग¥यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ”, घिमिरेले भने ।

उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।

विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए ।

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०, चितवनमा रु एक सय ९० र काठमाडौँंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए । रासस

 

वि.सं.२०८१ माघ २७ आइतवार १५:२१ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...