
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । उक्त प्रकाशित सुचना अनुसार प्राय जसो बैंकले माघ महिनाकै व्याजदलाई निरन्तरता दिएका छन् ।
माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ ।
२० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो । लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका छन् ।
यस्तो छ बैंकको फागुन महिनाको व्याजदर ।
वि.सं.२०८१ माघ ३० बुधवार १२:१८ मा प्रकाशित