back
CTIZAN AD

कविता : भन्देउ न, पैसा कसले बनायो ?

वि.सं.२०८१ फागुन ३ शनिवार

822 

shares

उत्तम विचार, नुवाकोट

सर्वस्व हो दौलत ठान्छ कोही
अभावमा जीवन धान्छ कोही ।
उठ्छन् यहाँ प्रश्न कडा बनेर
पैसा बनायो कसले भनेर ।१।।

न भोक किन्नेछ बजार धाई
किन्नेछ निद्रा न हजार पाई ।
के फाल्नु बेला नबुझेर खेर
पैसा बनायो कसले भनेर ।२।।

पैसा न हो साधन साध्य ठानी
लुटाउँदै छन् यसमै जवानी ।
थाक्दैन कोही किन यो गनेर
पैसा बनायो कसले भनेर ।।३।

सवालले उत्तर भेट्नुपर्छ
तिर्खा हुनेले अब मेट्नुपर्छ ।
पुर्छन् तिनैले धन जो खनेर
सोध्छन् बनायो कसले भनेर ।।४।

के गर्नु खोस्टो धन खानु छैन
जाँदैन मर्दा सँग लानु छैन ।
यथेष्ट पाई धनवान् जनायो
सोध्दै छु पैसा कसले बनायो ।।५।

लोभी र पापी धनमा डुबेर
भनाउनेछन् धनवान् कुबेर ।
भन्द्यौन पैसा कसले बनायो
पालेर आशा जसले बनायो ।।६।

खोजेर अग्ला घर ती कहाँ छन्
मान्दैन जानै झुपडी जहाँ छन् ।
यो प्रश्नले आज दिमाग खायो
दरिद्र पैसा कसले बनायो ।।७।

छन्द – उपजाति

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...