back
CTIZAN AD

कविता : के हुन्न यो मुलुकमा पसिना बगाए

वि.सं.२०८१ फागुन ३ शनिवार

1.1K 

shares

कविराज घिमिरे, भक्तपुर

पैसा यहीँ छ श्रमले जब दाउ पायो
मान्छे निरोग रहने श्रमले बनायो
गल्नेछ देह अब ता यसरी निदाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? १

सिस्नो र साग कुरिलो सजना समेत
खाएर मस्तसँगले भरिने छ पेट
भाग्छन् विकार सब ती रहने नखाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? २

ग्रामीण यन्त्र छ यहीँ घरभित्र जाँतो
त्यस्तै ढिकी छ सजिलो चिउरा कुटायो
पर्दैन जान मिलमा अब धान लाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ३

माटो फलेर सबको भरिदिन्छ पेट
यो आँट गर्छ अब वृद्ध भनी समेट
गा¥हो नसोच अब ता तरुणा पलाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ४

सारा बसौँ अब यतै किन दूर जान्छौ
नेपालमा अवसरै किन छैन भन्छौ ?
पाखो छ टार अनि खोँच सबै जगाए
के हुन्न यो मुलुकमा पसिना बगाए ? ५

छन्द – वसन्ततिलका
गण – त भ ज ज गु गु
सङ्केत –SSl -Sll -lSl -lSl-S-S

 

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...