back
CTIZAN AD

कविता :ज्ञाननिधि

वि.सं.२०८१ फागुन ३ शनिवार

1.1K 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

हाम्रा ज्येष्ठ अथाह ज्ञान निधि हुन् जानेर सिक्ने गरौँ ।
सङ्ला सत्पथ दिव्य धार बटुलौँ सायुज्य आभा छरौँ ।।
उम्दा मूल बुझौँ सुकृत्य पथका हुन् दृश्य यी ईश्वर ।
चोला सार्थक पार्न ज्ञान नटिपे आउन्न हाँसो घर ।।०१।।

पाले सौख्य दिएर नित्य यिनले उल्लास वर्षा गरे ।
खाली पेट बसे स्वयम् कहरमा सन्ताप मेरा हरे ।।
मेरा हर्ष टिपेर नित्य करमा राखेर हाँसो छरे ।
यो संसार चिनाउने हितकला मेरा गिदीमा भरे ।।०२।।

के हो गर्न सुयोग्य कर्म हितको ? संसारका खातिर ।
मर्दा बाँच्न सकिन्छ दीप युगको बाल्यो भने आखिर ।।
मान्छेझैँ म बने विशाल भवले पुज्नेछ उम्दा गनी ।
बस्छन् छाप अनन्तसम्म जगमा सायुज्यमैत्री बनी ।।०३।।

वृद्धावृद्ध सँगै बढे सब कुरा छन् शिल्प वा ज्ञानका ।
सोधी आर्जन गर्न नित्य म सकूँ सामुज्यको पानका ।।
अग्ला शैल समान कर्म गुण छन् त्यागेर दुख्ने किन <
जागा कान, हियो ,दिमाग म गरूँ उत्थानमा लम्किन ।।०४।।

के हो कृत्य अकृत्य < बुझ्न म सकूँ सत्कर्म टिप्ने बनूँ।
पाका मानव देवतुल्य गनिने सन्मार्ग यौटा खनूँ ।।
नौलो जोश उमङ्ग भर्न म सकूँ पाका बनून जागृत ।
आफू सक्रिय कर्ममा रत रहून् छानेर सक्ने कृत ।।०५।।

उम्दा कृत्य सिकाउने अवनिका हुन् वृद्ध अध्यापक ।
गर्दा सङ्गत भाग्दछन् डर सबै खोज्दै क्रियाका हक ।।
दुर्छे चिन्तन हट्दछन् मगजका भाग्नेछ मैलो धक ।
आफ्नो जीवन उठ्छ उच्च तहमा बन्नेछ सङ्लो जग ।।०६।।

छन्द – शादूर्लविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS – IIS – ISI – III – SSI – SSI – S

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:१४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...