
तेजप्रसाद खनाल, लमही, दाङ
मिलनसार भए सबैसँग प्यार हुन्छ
प्यार हुन्छ जोसँग ऊ त दिलदार हुन्छ ।
मायाँ भन्ने यस्तै हो त्याग अनि समर्पण
मायाँमा नत जित अनि नत हार हुन्छ ।
मायाँ लगाउनेहरु बुझ मायाँको कुरा
नबुझे मायाँमा सधैंभरि दोधार हुन्छ ।
मायाँमा बनावटी कुरा गर्नुभन्दा बरु
स्पष्ट धारणा राखे बल्ल वारपार हुन्छ
मायाँमा जब मिल्छन् दुई आत्मा एकठाउँ
तब वास्तविक रमाइलो र सार हुन्छ ।
वि.सं.२०८१ फागुन ३ शनिवार ०५:१८ मा प्रकाशित