
जेबि जिज्ञासु, नेचासल्यान, सोलुखुम्बु
फूल तिम्रो अटल जवानी होस्
फक्रिँदो मस्त जिन्दगानी होस्
सोच्छु यस्तो कुनै बिहानी होस्
स्वार्थ, डाहा, घृणा खरानी होस्
भेटियोस् प्यार उत्खनन गर्दा
प्रेमको वक्षभित्र खानी होस्
जिन्दगीभर पियार तिम्रो यो
विश्व देख्ने अमूल्य नानी होस्
भित्र दिलदेखि भित्र दिलसम्म
सानु यौटा चिठी चलानी होस्
बहर : असम मकबुज अबतर
अर्कान : फाइलातुन्, मुफाइलुन्, फैलुन्
वजन : २१२२ – १२१२ – २२
काफिया : आनी
रदिफ : होस्
अभ्यास : उज्यालो पाठशाला
वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०४ मा प्रकाशित