back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन ३ शनिवार

948 

shares

जेबि जिज्ञासु, नेचासल्यान, सोलुखुम्बु

फूल तिम्रो अटल जवानी होस्
फक्रिँदो मस्त जिन्दगानी होस्

सोच्छु यस्तो कुनै बिहानी होस्
स्वार्थ, डाहा, घृणा खरानी होस्

भेटियोस् प्यार उत्खनन गर्दा
प्रेमको वक्षभित्र खानी होस्

जिन्दगीभर पियार तिम्रो यो
विश्व देख्ने अमूल्य नानी होस्

भित्र दिलदेखि भित्र दिलसम्म
सानु यौटा चिठी चलानी होस्

बहर : असम मकबुज अबतर
अर्कान : फाइलातुन्, मुफाइलुन्, फैलुन्
वजन : २१२२ – १२१२ – २२
काफिया : आनी
रदिफ : होस्
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...