back
CTIZAN AD

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार

576 

shares

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाइँकी आमा माना दमाइँको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भने, “सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाइँकी आमाको शब्दले दमाइँ भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कलङ्क हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।”

सांसद भुवन सुनारले भने, “खरका छाना विस्थापन गर्न छ वर्षमा रु छ अर्ब भन्दाबढी खर्च भइसकेको छ, तर ७७ हजार खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा रु ४० करोड विनियोजन भएको सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापर्बाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रष्ट पार्नुपर्छ ।” सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किाएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ ।

सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुरेशकुमार आलेमगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ मासडक विस्तार नहुँदा त्यहाँका जनताले दुःख पाएको गुनासो गरे ।

 

वि.सं.२०८१ फागुन ४ आइतवार १७:१४ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...