back
CTIZAN AD

प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप

वि.सं.२०८१ फागुन ७ बुधवार

648 

shares

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो ।

निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।

यसैगरी, डडेलधुराका छ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका सात हजार ६४९, बैतडीका १२ हजार ८२८ र दार्चुलाका सात हजार १५३ किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ ।

गत माघ २२ गतेदेखि देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिएको हो । अभियान यही फागुन ७ गतेसम्म जारी रहने बताइएको छ ।

अभियानका क्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइएको छ भने विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन ७ बुधवार ०७:४० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...