back

विवाद चर्किंदै गएपछि फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा

वि.सं.२०८१ फागुन ११ आइतवार

609 

shares

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गरेको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ ।

संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो ।

पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ ।

निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।

 

वि.सं.२०८१ फागुन ११ आइतवार १२:१५ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...