back
CTIZAN AD

सात महिनामा एक करोड ८६ लाख थान कन्डम आयात

वि.सं.२०८१ फागुन १३ मंगलवार

966 

shares

काठमाडौँ । सात महिनामा एक करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा १४ करोड पाँच लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।

यसअघि पुस महिनासम्म पुस मसान्तसम्म एक करोड ७७ थान कन्डम आयात भएको थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।

माघ महिनाको आयात मात्रै नौ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल एक करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा छ । पुसको एकै महिनामा मात्रै दुई करोड सात लाख रुपैयाँ बराबरको १९ लाख ३९ हजार थान आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको छ । त्यसबाहेक थाइल्यान्ड, चीन, मलेसिया, दक्षिण कोरिया र जापानबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कमा छ ।

वि.सं.२०८१ फागुन १३ मंगलवार १६:४५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...