back
CTIZAN AD

पाल्पामा आगलागीबाट छ घरगोठ नष्ट

वि.सं.२०८१ फागुन २० मंगलवार

720 

shares

तानसेन (पाल्पा) । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।

आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा-३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् ।

गाउँपालिकाले तत्कालका लागि एक-एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । “आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई-चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको छ”, पीडित पदमबहादुरले भने ।

गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनले बताए । पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । आगलागीपीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए ।

आगलागीपीडित परिवारका लागि गाउँपालिकासँगै अन्य सङ्घसंस्था तथा व्यक्तिले पनि सक्दो सहयोग गर्न थालेका छन् । पाल्पासहित देशका विभिन्न क्षेत्रमा केही सातायता आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । आगोले घरसँगै लत्ताकपडा, अन्नपात जलेपछि बिचल्ली बनेका परिवारको सङ्ख्या सयौँ छ ।

पछिल्लो समय आगलागी–डढेलोका कारण वायु प्रदूषण बढेर लाखौँ मानिस प्रभावित भइरहेका छन् । डढेलोले वन पैदावार र जीवजन्तुमा पुर्याएको क्षति बेहिसाब छ । यही सुक्खायाममा हुरीबतास पनि चलिरहेको छ र तत्काल ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । आगो सल्किहाले तीव्रगतिमा फैलने जोखिम रहेकाले व्यापक सचेतना र सतर्कताको जरुरी देखिएको छ । कतै आगलागी–डढेलोका घटना भइहाले नियन्त्रण गर्न सम्बन्धित संयन्त्र तम्तयार राख्नुपर्ने खाँचो छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन २० मंगलवार ११:५८ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...