काठमाडौँ । संसद् बैठकअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । सरकारले अध्यादेश स्वीकृतिका लागि पेस गर्न लागेको अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बसेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आह्वान गरेको बैठक संसद् भवनमा जारी छ ।
सरकारले आज पाँचवटा अध्यादेश प्रतिनिधिसभामा स्वीकृतिका लागि पेस गर्दैछ ।
सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ निर्णयार्थ पेस हुने अध्यादेश हुन् ।
यस्तै निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई पनि सरकारले निर्णयार्थ पेस गर्ने तयारी गरेको छ ।
वि.सं.२०८१ फागुन २१ बुधवार १२:५५ मा प्रकाशित






























