back
CTIZAN AD

युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

वि.सं.२०८१ फागुन २६ सोमवार

717 

shares

सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताएका छन् ।

संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ ।

यूनको नागरिक शासनको अल्पकालिक निलम्बनले प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको र उनलाई जनवरीमा भएको विद्रोहका लागि हिरासतमा लिइएको थियो । यद्यपि, प्रक्रियागत आधारमा उनलाई गत साताको अन्त्यमा रिहा गरिएको थियो ।

सोलको एक न्यायाधीशले युनको हिरासत अवधि बढाएपछि निलम्बित राष्ट्रपतिका समर्थकहरूले सियोलको एक जिल्ला अदालतको ढोका र झ्यालहरू तोडेका छन् र अधिकारीहरूले आसन्न फैसलालाई लिएर हिंसात्मक हुने चेतावनी दिएका छन् ।

सियोल महानगरीय प्रहरी निकायका कार्यवाहक प्रमुख पार्क ह्युन सोले भने, “संवैधानिक अदालत र त्यस वरपर हुने झडपलाई रोक्नुपर्छ ।”

“हामीले संवैधानिक अदालतको १०० मिटरभित्रको क्षेत्रलाई विरोधमुक्त क्षेत्र घोषणा गर्ने र ब्यारिकेडलगायत सबै उपलब्ध उपकरणपरिचालन गर्ने योजना बनाएका छौँ,” पार्कले पत्रकार सम्मेलनमा भने ।

उनले भने, “हामीले महाभियोगको विषयमा विरोधी समूहबीच द्वन्द्व हुन नदिन र संवैधानिक अदालतका न्यायाधीशको रक्षाका लागि काम गर्नैपर्छ ।”

प्रहरीले अश्रुग्यास छोड्ने र लाठीको प्रयोगसम्बन्धी थप प्रशिक्षण आफ्ना जवानहरूलाई दिइरहेको बताउँदै पार्कले बमको धम्कीको जवाफ दिन प्रहरी विशेष बल परिचालन गर्नेबारे पनि विचार गरिरहेको बताए ।

पार्कका अनुसार फैसलाको दिन नजिकका विद्यालयहरू बन्द गर्नेबारे सम्बन्धित निकायसँग विचारविमर्श भइरहेको र नजिकैका निर्माण स्थलहरू र पेट्रोल पम्पहरू बन्द गर्ने तयारी गरिएको छ ।

ती स्थलहरूमा ‘विरोध र प्रदर्शन सामग्रीहरू भण्डारण गर्न सकिन्छ’ भन्ने चिन्ता प्रहरीको रहेको छ ।

महाभियोगको फैसला को अलावा यूनले डिसेम्बरमा सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा एक आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ । उनी एक आपराधिक मामलामा मुद्दाको सामना गर्ने पहिलो सत्तासीन दक्षिण कोरियाली राष्ट्रपति बनेका छन् ।

अभियोजक जनरल शिम वू–जुङले सोमबार पत्रकारहरूसँग भने, “अभियोजन पक्षले युनलाई अनपेक्षित रूपमा हिरासतबाट रिहा गरे तापनि मुद्दालाई जारी राख्नेछ ।”

शिमले भने, “हामी अभियोजनपक्षको मुद्दालाई निरन्तरता दिन बलियो प्रयास सुनिश्चित गर्नेछौँ ।” एएफपी/फाइल फोटो

वि.सं.२०८१ फागुन २६ सोमवार १४:०३ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...