back

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

वि.सं.२०८१ फागुन २८ बुधवार

135 

shares
GLOBAL IME AD
NTC AD

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्युु भएको छ । पुरिएर अन्य चार महिला घाइते भएका छन् ।

सर्केगाड गाउँपालिका–७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्युु भएको हो ।

यस्तै माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएको जानकारी प्राप्त भएको छ । घाइते हुनेमा सर्केगाड–७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ । अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार भइरहेको छ ।

वि.सं.२०८१ फागुन २८ बुधवार १८:२० मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष...