back
CTIZAN AD

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार

777 

shares

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले जनाएको छ ।

विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको तर १२ जनालाई सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ ।

सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको श्रव्यदृष्यहरूमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपतकालीन सेवाहरू आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ ।

कोलोराडोबाट डलास–फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ ।

एफएएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवतरण पछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृङ्खलाबद्ध घटनापछि सुरक्षाको बारेमा चिन्ता व्यक्त भइरहेका बेला पछिल्लो घटना भएको हो ।

एफएएले पछिल्लो घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताएको छ । एएफपी

वि.सं.२०८१ चैत १ शुक्रवार १२:५१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...