back

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

वि.सं.२०८१ चैत ५ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।

ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।

ना७ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाईछिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

बरामद गरिएका विदेशी मुद्रासहित उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

वि.सं.२०८१ चैत ५ मंगलवार १६:१८ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...