back
CTIZAN AD

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

वि.सं.२०८१ चैत ६ बुधवार

657 

shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब रु २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे ।

सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।

सांसद सोपकोटाले भने, “डलर र यूरो गरेर करिब रु २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।”

“हिजो मात्रै यूरो र डलर गरी रु २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?”, सांसद रोशन कार्कीले प्रश्न गरे । उनले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरे ।

सांसद सुमना श्रेष्ठले सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले मधेस प्रदेशमा एसइईको परीक्षा हुन नसक्नुको कारणबारे सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरिन् ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक पार्टीको हस्तक्षेप हँुदा विश्वविद्यालयको अध्ययनमा असर परेको सांसद श्रेष्ठको भनाइ छ । उनले भनिन्, “विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्, यो विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर हुँदैन ।”

सांसद रामकृष्ण यादवले देशमा शान्ति, सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रामकुमार राईले खोटाङ जिल्लामा यही चैत ४ गते आगलागी भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराए । सांसद रामहरि खतिवडा र मुक्ताकुमारी यादवले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

 

वि.सं.२०८१ चैत ६ बुधवार १३:४० मा प्रकाशित

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...