back

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

वि.सं.२०८१ चैत ६ बुधवार

306 

shares
GLOBAL IME AD
NTC AD

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।

सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् ।

सूचना अधिकारी पन्तले भने, “अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।” उनका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गरे । उनले भने, “अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।”

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताए । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उनले सबैलाई आग्रह गरे ।

ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गरे ।

जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । रासस फाइल फोटो

वि.सं.२०८१ चैत ६ बुधवार १४:४१ मा प्रकाशित

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई...

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी...

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान...

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

खजुरा (बाँके) । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम...

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै...

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल...