back
CTIZAN AD

मुङखेती गर्ने किसानलाई अनुदान

वि.सं.२०८१ चैत ७ बिहीवार

609 

shares

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको छ । छोटो अवधिमा बढी उत्पादन दिने मुङको खेतीलाई विस्तार गर्ने उद्देश्यले नगरपालिकाले अनुदानको कार्यक्रम अघि सारेको हो ।

प्रतिकठ्ठा रु एक हजारका दरले किसानलाई अनुदान दिने व्यवस्था गरिएको छ । कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा जग्गामा मुङखेती गर्ने किसानलाई अनुदान दिइने नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले बताए । उनका अनुसार किसानलाई अनुदान उपलब्ध गराउन रु नौ लाख बजेट परिचालन गरिने छ ।

“मुङखेती छोटो समय (६०–७० दिन) मा उत्पादन दिनसक्ने बालीका रूपमा रहेको छ”, उनले भने, “यस बालीबाट कम लागतमा बढी फाइदा लिन सकिन्छ, यसले माटोको उर्वराशक्ति सुधार्ने र आगामी बालीको उत्पादन क्षमता बढाउने भएकाले किसानको आर्थिक र पर्यावरणीय दृष्टिकोणले यो खेती गर्नु उपयुक्त मानिन्छ ।” मुङखेतीले किसानलाई हरित मल, प्रोटिनयुक्त खाद्य र नगद आम्दानी प्रदान गर्ने उनकोे भनाइ छ ।

शाखाका अधिकृत जोशीका अनुसार मुङमा २५ प्रतिशत प्रोटिन, सजिलै पच्ने गुण र पोषणका अन्य तत्वहरू पाइन्छन् । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्सलगायत विभिन्न परिकार बनाउन सकिन्छ । हरियो मुङको प्रयोग तरकारी, अचार र सलादका रूपमा पनि प्रयोग गर्न सकिने उनले बताए ।

“मुङखेतीबाट माटोमा नाइट्रोजन थपिन्छ, जसले माटोको उर्वराशक्ति बढाउँदै रसायनिक मलको आवश्यकता घटाउँछ”, कृषि विकास शाखाका प्रमुख करन बुढा ऐरले भने, “यसले किसानलाई आयआर्जन बढाउने मात्र नभइ पोषण सुरक्षामा पनि योगदान पु¥याउँछ, यी सबै कारणले मुङखेती शुक्लाफाँटा नगरपालिकाका लागि एक उत्कृष्ट र दिगो कृषि विकल्प बन्नसक्ने भएकाले अनुदानको कार्यक्रममा समेटेका छौँ ।”

मुङखेतीका लागि माटोको पिएच मान (तटस्थता) ७६ दशमलव ९२ हुनुपर्ने जनाउँदै उहाँले यहाँको माटोमा उक्त तत्व रहेको उनले बताए । वर्षा र वसन्त ऋतु दुवैमा यसको खेती सम्भव भएको उल्लेख गर्दै शाखा प्रमुख ऐरले नगरपालिका क्षेत्रमा ९२ प्रतिशत किसानमा सिँचाइको पहुँच रहेकाले यसको खेती गर्न समस्या नरहेको बताए ।

मुङखेती सरल, सस्तो र लाभदाय रहेको शाखा प्रमुख ऐरको भनाइ छ । यसको खेतीले किसानको आयआर्जन बढाउनुका साथै माटोको उर्वराशक्ति सुधार्छ । किसानले उन्नत विधि र मलखाद व्यवस्थापन प्रयोग गरी उत्पादनमा वृद्धि गर्न सक्ने उनले बताए ।

किसानलाई अनुदानसँगै आधुनिक तरिकाले खेती गर्ने विधि सिकाइने कृषि प्राविधिकको भनाइ छ । खेतमा पुगेर किसानलाई प्राविधिक पक्षका बारेमा जानकारी दिइने प्रमुख ऐरले जानकारी दिए ।

मुङखेतीसँगै नगरपालिकाले बहुवर्षिय घाँस उत्पादनमा संलग्न हुने किसानलाई पनि अनुदान दिने जनाएको छ । न्यूनतम दश कठ्ठा जग्गामा घाँसखेती गर्ने किसानलाई अनुदान रकम उपलबध गराइने नगर कार्यालयले जनाएको छ ।

किसानलाई मुङ र घाँसखेतीमा अनुदान दिन रु १२ लाख बजेट विनियोजन गरिएको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार मुङखेतीमा जस्तै घाँसखेती गर्ने किसानलाई प्रतिकठ्ठा रु एक हजारका दरले अनुदान रकम उपलब्ध गराउने व्यवस्थागरिएको छ । किसान समूह, कृषि सहकारी, कृषि फार्म तथा उद्यमी किसानलाई अनुदान दिइने उनले बताए ।

वि.सं.२०८१ चैत ७ बिहीवार १६:३० मा प्रकाशित

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...