back

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

वि.सं.२०८१ चैत ७ बिहीवार

189 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक आज १२.३८ अंक घटेको छ ।

आज नेप्से २६६९ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशत घट्यो । बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशत घटेको हो भने आज । । व्यापार सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.२६ प्रतिशत बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढ्यो । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढ्यो ।
मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावार र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

वि.सं.२०८१ चैत ७ बिहीवार १६:०५ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...