back
CTIZAN AD

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

वि.सं.२०८१ चैत ७ बिहीवार

702 

shares

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ ।

दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवार रूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताउनुभयो । “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उनले भने,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।”

कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् ।

वि.सं.२०८१ चैत ७ बिहीवार १७:११ मा प्रकाशित

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...