back

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

वि.सं.२०८१ चैत ७ बिहीवार

180 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्किका छन् ।

अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैङ्कको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उनी नेतृत्वको टोली त्यसतर्फ गएको थियो ।

मन्त्री दाहाल विश्व बैङ्कको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी भए । कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय क्षेत्रको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तरराष्ट्रिय समुदायलाई प्रस्ट पारेका थिए ।

सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको न्यूनतम लागत कायम गर्न र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहबारे धारणा रखेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बोधन गरेको जनाएको छ ।

 

वि.सं.२०८१ चैत ७ बिहीवार १६:५० मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...