back
CTIZAN AD

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

वि.सं.२०८१ चैत ७ बिहीवार

612 

shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्किका छन् ।

अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैङ्कको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उनी नेतृत्वको टोली त्यसतर्फ गएको थियो ।

मन्त्री दाहाल विश्व बैङ्कको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी भए । कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय क्षेत्रको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तरराष्ट्रिय समुदायलाई प्रस्ट पारेका थिए ।

सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको न्यूनतम लागत कायम गर्न र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहबारे धारणा रखेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बोधन गरेको जनाएको छ ।

 

वि.सं.२०८१ चैत ७ बिहीवार १६:५० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...