काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ चैत ८ शुक्रवार ११:३२ मा प्रकाशित




























