काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए ।
तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित छैनन् । प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए । विपक्षी दलहरूले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन् ।
वि.सं.२०८१ चैत १३ बुधवार १२:२३ मा प्रकाशित






























