back

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार

132 

shares
GLOBAL IME AD
NTC AD

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले समाज पछाडि फर्कन नसक्ने स्पष्ट पारे ।

“एक दुईचोटी प्रयास गरिएका हुन् । नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, त्यसैले ती प्रयास नेपाली जनताले निस्तेज गरे”, उनले भने, “लोकतन्त्रको मार्गमा अगाडि बढिसकेको समाज पछाडि फर्किदैन, सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ ।”

उनले अहिले केही कमी कमजोरी रहेको बताउँदै जनताको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको बताए ।

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३१ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...