काठमाडौँ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गर्दैछ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरेको हो ।
बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कफ्र्यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
वि.सं.२०८१ चैत १५ शुक्रवार १७:५४ मा प्रकाशित






























