back
CTIZAN AD

दलित समुदायमाथि भइरहेको शोषण अन्त्य गर्नुपर्ने माग

वि.सं.२०८१ चैत २० बुधवार

768 

shares

काठमाडौँ । राजनीतिक दलका नेता र मानवअधिकारकर्मीले सिरहाको औरही गाउँपालिकालगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय दलित मत्रकार सङ्घ नेपाल, उपत्यका प्रदेश, ओजस्वी मल्टि मिडिया ग्रुप र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले माइतीघर मण्डलामा आज आयोजना गरेको सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध ‘सडक संवाद’ कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्माले सिरहा, रुपन्देही, दैलेख, कालिकोट, कास्की, धादिङ, सप्तरी र रुकुमपश्चिम लगायतका जिल्लामा जिल्लामा अन्तरजातीय विवाह गरेका कारण, चुलो वा पानी छोइएको निहुँमा दलित समुदाय मारिदाँसम्म कानून बमोजिम कारवाही हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक तथा मानवअधिकारर्की कृष्ण पहाडीले देश परिर्तनको निम्ति दलित समुदायले पटक पटक योगदान पु¥याएको स्मरण गर्दै उनीहरुको संवैधानिक अधिकारको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । यही यही चैत १७ गतेदेखि औरही गाउँपालिकामा हुने भनिएको महायज्ञको लागि भन्दै चैत १० गते औरही– ५ का दीपक मल्लिक (डोम) को डोजर लगाएर भत्काइएको थियो ।

उनले भने, “दलित समुदायले २०४६ साल, २०६२÷०६३ साल लगायत मुलुकको परिवर्तनको निम्ति पटक पटक भएका आन्दोलनमा अतुलनीय योगदान प¥याउँदै आएका छन, तर उनीहरुले पाउनुपर्ने सबै अधिकार पाएका छैनन र संवैधानिक रुपमा प्राप्त अधिकारपनि कार्यान्वयन हुन सकेको छैन, कार्यान्वयनको निम्ति एकीकृत रुपमा आन्दोलन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।”

सभासद् विनोद पहाडीले दलितको सवालमा संविधानको प्रस्तावना, धारा २४ र ४० को पनि व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्ने माग गरे ।

 

वि.सं.२०८१ चैत २० बुधवार १६:३९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...