back
CTIZAN AD

प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

वि.सं.२०८१ चैत २१ बिहीवार

648 

shares

वीरगञ्ज (पर्सा) । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार ३४ टन प्याज चोरी पैठारीमा संलग्न भएको भन्दै शिव पार्वती ट्रेडर्सका सञ्चालक जनकदुलारी देवी, भारतीय मालवाहक १६ चक्के लरी ट्रकका चालक उमेश यादव र ट्रकका धनी भारतीय नागरिक नरेश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

अभियुक्तहरूले प्याज पैठारी गर्दा भन्सार जाँचपास नगराई भन्सार छली चोरी पैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरेको भन्दै बिगो र जरिवानासहित रु ३६ लाख ५८ हजार १०० मागदाबीसहित मुद्दा दायर गरेको छ ।

यसैगरी, १६ चक्के लरीका धनी यादवलाई ट्रक जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी अभियोग दर्ता गरिएको छ । चालु आर्थिक वर्षमा राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका १२ वटा मुद्दा दर्ता गरेको छ ।

वि.सं.२०८१ चैत २१ बिहीवार ११:०१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...