back
CTIZAN AD

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

वि.सं.२०८१ चैत २१ बिहीवार

573 

shares

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायहीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राखेका थिए । नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उनीहरुको जिज्ञासा थियो ।

छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गरेका थिए । छलफलमा सहभागी प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरुलाई प्रधानमन्त्री ओलीले दिएको बताए ।

निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी थिए । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाएका छन् ।

छलफलबारे जानकारी दिँदै डा खतिवडाले भन्नुभयो, “निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी थिए । उनीहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताए । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।”

डा खतिवडाले भने, “लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको कानुनी व्यवस्थाका बारेमा उहाँहरूमा चासो देखिन्थ्यो । कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिनुभएको छ ।”

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको जानकारी दिए । उनले भने, “नेपालमा लगानी गर्नुपर्ने जति पनि क्षेत्र छन्, तिनमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गरे । धेरैजसो लगानीसम्बन्धी कानुन परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ती सबै कानुनलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको प्रतिबद्धता ‘इन्सुरेन्स’ गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।”

सो अवसरमा भारतसँग १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत्सम्बन्धी सम्झौता भएअनुसार उत्पादन गर्नुपर्ने अवस्था र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा उच्च सम्भावना रहेकोलगायतका विषयमा छलफलमा भएको थियो ।

वि.सं.२०८१ चैत २१ बिहीवार १६:५० मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...