back
CTIZAN AD

काभ्रेका पालिकामा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन

वि.सं.२०८१ चैत २३ शनिवार

882 

shares

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण अभियानअन्तरगत समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत चालु आर्थिक वर्षमा ११ कार्यक्रम रहेकोमा हालसम्म सातवटा सम्झौता भई काम थालनी भएको छ । बाँकी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत जिल्लाको महभारत गाउँपालिका–५ र खानीखोला–२ मा कफीखेती कार्यक्रम लागू भइसकेको छ, भने बेथानचोक गाउँपालिका–२ मा तरकारीखेती यस हप्ता सम्झौता गरिएको छ । वडास्तरमा सञ्चालित यस कार्यक्रममा कृषि कार्यालयको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले सम्झौता गरेका छन्, भने स्थानीय तहको तर्फबाट जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकारले कार्यालयमार्फत पहिलो पटकका लागि बेथानचोक–२ का लागि रु ६६ लाख ९९ हजार एक सय ९६ बराबरको कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको हो । गाउँपालिकाले २० प्रतिशत अर्थात् रु १३ लाख ३३ हजार तीन सय ४० तथा बाँकी २० प्रतिशत अर्थात् रु १३ लाख ६९ हजार आठ सय ३९ समूहले योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिकाले ब्यहोर्ने रकम बापतको रु १३ लाख ३३ हजार तीन सय ४० प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा जम्मा भइसकेको जनाइएको छ । कार्यविधिअनुसार बेथानचोकमा महाभारत किसान समूहसँग अधिकतम् पाँच वर्षसम्म कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

यसका लागि समूहले पाँच वर्षसम्मको कार्यक्रम र कार्ययोजना तयार गरिसकेको गाउँपालिका अध्यक्ष भगवान घिमिरेले बताए । हाललाई तरकारी उत्पादन प्रविधिमा आधारित क्रियाकलाप बाँस र फलामका प्लाष्टिक हाउस निर्माण, उन्नत बीउबिजन, मलखाद, स्थलगत तालिमलगायतका कार्य समावेश रहेको छ,भने आउँदा वर्षमा भण्डारणलगायतका बजारीकरणका थप क्रियाकलापमा जोड दिइने छ ।

कार्यालयका अनुसार अन्य दुई स्थानीमध्ये तह पनौती नगरपालिका–५ तथा भुम्लु गाउँपालिकाको १ नं वडामा उक्त कार्यक्रम लागू गरिएको छ । कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किबी उत्पादनको काम गरिएको छ । कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो ।

पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किबी उत्पादनका लागि छनोट भएका हुन् । कार्यक्रम सञ्चालननार्थ स्थानीय सहकारी संस्था एवं समुदायको समूहसँग सम्झौता गरिने छ । “समुदाय तथा सहकारी छनोट गरी सम्झौताकार्य भइरहेका छन्, मौसमी तथा बेमौसमी तरकारी छनोट गरी लगत्तै उत्पादन कार्यतर्फ लाग्नेछौँ”, दवाडीले भने । उनका अनुसार कार्यक्रम लागू गर्न स्थानीय तहका जनप्रति
निधि तथा समुदायबीच छलफल सम्पन्न गरिएका छन् । कार्याक्रमअन्तरगत एउटा वडाका लागि रु ६७ लाखको हाराहारीमा उत्पादनकार्यमा लगानी भएका छन् ।

बागमती प्रदेश सरकारले चालु आवमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा–एक कृषि कार्यक्रम’ अन्तरगत पाँच वर्षका लागि पशुपक्षी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो । साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तरगत कार्यालयले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ ।

 

वि.सं.२०८१ चैत २३ शनिवार १२:२७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...