back
CTIZAN AD

प्रगति नगर खानेपानी संस्थामा इन्द्रमणिका के छन् प्रतिबद्धता ?

वि.सं.२०८१ चैत २४ आइतवार

627 

shares

काठमाडौँ । प्रगति नगर खानेपानी तथा सर-सफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि इन्द्रमणि भुसालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले प्रगति नगर खानेपानी तथा सर-सफाइ उपभोक्ता संस्थालाई समुदायका लागि अति संवेदनशील र महत्त्वपूर्ण संस्था भनेका छन् । स्वच्छ पानीको सहज पहुँच, सर-सफाइको उचित व्यवस्थापन, र संस्थाको दिगो विकासका लागि सक्षम, इमानदार, र अनुभवी नेतृत्व आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको बताए ।

भुसालका प्रतिबद्धता

अनुभवी नेतृत्व: दुई कार्यकाल सचिव र एक कार्यकाल सदस्यका रूपमा उनले संस्थाको विकास र सेवा सुधारमा उल्लेखनीय योगदान गरेका छन् ।

इमानदार र पारदर्शी: समुदायको हितलाई प्राथमिकता दिने, निस्वार्थ सेवा गर्ने र संस्थाको आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिगो विकासको लक्ष्य: खानेपानी व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै, भविष्यमा पनि संस्थालाई आत्मनिर्भर र प्रभावकारी बनाउन योजना अघि सारेका छन् ।

समुदायको विश्वास पात्र: स्थानीय उपभोक्ताहरूका समस्या बुझ्ने, समाधान दिन सक्ने र जनताको सहभागिता अभिवृद्धि गर्न सक्ने क्षमता राख्छन् ।

गुणस्तरीय सेवा र विस्तार: हरेक उपभोक्तासम्म सुरक्षित र सफा पानी पुर्‍याउने, आपूर्ति व्यवस्थालाई थप व्यवस्थित गर्ने र नयाँ प्रविधिको समावेश गर्ने लक्ष्य लिएका छन् ।

वि.सं.२०८१ चैत २४ आइतवार १३:५४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...