back
CTIZAN AD

कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

वि.सं.२०८१ चैत २४ आइतवार

894 

shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’ लगायतका नारासहित प्लेकार्ड बोकेका थिए। उनीहरूले घिसिङको बर्खास्तीलाई अपमानजनक भन्दै सरकारको निर्णयविरुद्ध आक्रोश प्रकट गरे ।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारको निर्णयविरुद्ध घिसिङले आफूलाई अवैधानिक ढंगले हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरे पनि सर्वोच्चको संयुक्त इजलासले त्यस अनुरोध अस्वीकार गरेको थियो। सो निर्णयपछि घिसिङले चैत २२ गते पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका थिए ।

प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत विभिन्न संघसंस्थाको उपस्थिति रहेको छ । प्रदर्शनकारीहरूले घिसिङको योगदानको कदर गर्नुपर्ने भन्दै उनीलाई पुनः प्राधिकरणमा नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।

वि.सं.२०८१ चैत २४ आइतवार १६:५२ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...