back
CTIZAN AD

बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने

वि.सं.२०८१ चैत २६ मंगलवार

708 

shares

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा यही चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ ।

चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ति बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले जानकारी दिए ।

यो जात्रामा विशेषगरी काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रका तामाङलगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडाँै उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायको उपस्थिति रहनेछ । तिमाल जात्रा मनाउन भारत, भूटान र बर्माबाट समेत भक्तजन आउने आयोजक समितिले जनाएको छ ।

मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तिमाल जात्रा मनाउन थालिएको लामाले जानकारी दिए । विसं १८१९ मा तिमालका अन्तिम तामाङ राजा रिन्जिल दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उनको भनाइ छ ।

मेलामा नेपाल र विदेशबाट करिब ६० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । तेमाल जात्रा तामाङ समुदायका विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको प्रमुख पर्व भएको लामाले जानकारी दिए । काभ्रेको तेमाल क्षेत्रका तामाङ आफ्ना दिवङ्गत आत्मको चिरशान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको बताइएको छ ।रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत २६ मंगलवार १४:५५ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...