back
CTIZAN AD

डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

वि.सं.२०८१ चैत २७ बुधवार

654 

shares

गोरखा । भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । पातपतिङ्गर जोकोही, टोल विकास संस्था, क्लब, समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर सङ्कलन गर्न पाउनेछन् ।

“सङ्कलित पातपतिङ्गर प्राङगरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्रीको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “कार्यक्रम नयाँ हो तर यसलाई अनुकरणीय बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पातपतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने छ ।

कार्यक्रमअन्तर्गत हाल गाउँपालिकास्थित अधिकांश वनका पातपतिङ्गर सङ्कलन भइरहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । यो कार्यक्रमले बनलाई डढेलोबाट जोगाउन मद्दत मिल्ने उनको विश्वास छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत २७ बुधवार १२:०२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...